सिमरा खानेपानीमा नयाँ ओभरहेड ट्याँकी निर्माण हुने

सिमराः बाराको जीतपुरसिमरा उपमहानगरपालिका १ स्थित सिमरा खानेपानी तथा सरसफाई उपभोक्ता समितीमा नयाँ ओभरहेड ट्याँकी निर्माण हुने भएको छ ।
सिमरा खानेपानीको पाँचौ ओभरहेड ट्याँकी निर्माणका लागि संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना बीरगन्जले शुक्रबार टेण्डर आह्वान गरेको हो । पाँचौ ओभरहेड ट्याँकी सिमरास्थित कार्यालय परिसरमै निर्माण गरिन लागेको सिमरा खानेपानी तथा सरसफाई उपभोक्ता समितीका अध्यक्ष कासिम हुसेनले जानकारी दिए ।
नयाँ ट्याँकी निर्माण पश्चात दुई लाख २५ हजार लिटर क्षमताको उक्त पुरानो ट्याँकीलाई अत्यावश्यक प्रयोजनका लागि रिजर्भमा राखिनेछ भने नयाँ बन्ने ४ लाख ५० लिटर क्षमताको ट्याँकीबाट नियमित खानेपानी वितरण हुनेछ ।
गत असोज ५ गते सम्पन्न सिमरा खानेपानी तथा सरसफाई उपभोक्ता समितीको २२ औं बार्षिक साधारण सभाको उद्घाटन गर्न सिमरा आएका खानेपानी तथा सरसफाई मन्त्री प्रदिप यादवले यहाँको आवश्यक्ता बारे चासो राखेका थिए ।