सिमरामा १३ किलो अफिमसहित दुईजना पक्राउ


eShilalekh

२९ माघ २०८१, मंगलवार १३:४७

सिमराः ईलाका प्रहरी कार्यालय सिमराले मंगलबार बिहान अफिम सहित दुईजनालाई पक्राउ गरेको छ ।

प्रहरी नायब निरीक्षक दीपक बस्नेतको नेतृत्वमा रहेको प्रहरी टोलीले १३ किलो अफिम सहित दुईजनालाई सूर्य नेपाल अगाडीबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुर मनहरी गाउँपालिका ६ का सूर्यबहादुर मोक्तान र कैलाश गाउँपालिका ८ का भिमबहादुर मोक्तान रहेका छन् । उनीहरुको साथबाट प्रहरीले एक लाख ३३ हजार नगद समेत बरामद गरेको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिए ।

विशेष सुचनाको आधारमा हेटौडाबाट वीरगन्जतपर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१प–१६१४ नम्बरको स्कुटरको डिकीभित्र लुकाएर राखेको अवस्थामा प्रहरीले अफिम बरामद गरेको हो ।

बरामद गरिएको अफिम करोडौ मूल्य बराबरको रहेको प्रहरीको अनुमान छ । पक्राउ परेका दुवैजनालाई नियन्त्रणमा राखि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ

प्रतिक्रिया दिनुहोस्