ठोरीमा एक पुरुषको शव फेला, हत्याको आशंका

पर्साः पर्साको ठोरीमा मंगलबार बिहान एक पुरुषको शव फेला परेको छ । ठोरी गाउँपालिका वडा नम्बर ५ बाघमोर्चा पुलको दक्षिण र भारतिय सीमा नजिकको झाँडीमा फेला परेको हो ।
मृतक पश्चिमी चम्पारण, मानपुर थाना अन्तर्गत चौहाटाका ४५ वर्षीय राजदेव माझी रहेको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक रन्जित लामाका अनुसार मृतकको साथबाट मोबाइल र डायरी फेला परेको छ । शवको प्रकृती हेर्दा हत्याको आशंका गरिएको छ ।
शव शल्यपरिक्षणको लागि वीरगन्जको नारायणी अस्पताल पठाइएको छ । शल्यपरिक्षण को रिपोर्ट आएपछि मात्रै मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ ।
घटनाबारे आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।