सिम्रौनगढकी उपप्रमुखले लगाईन् नगरपालिकाको कार्यालयमा ताला

सिमराः बाराको सिम्रौनगढ नगरपालिकाकी उपप्रमुख नजमु शेहरले नगरपालिका कार्यालयमा तालाबन्दी गरेकी छिन् ।
नगर प्रमुख किशोरीप्रसाद कलवारले आफ्नो कार्यक्षेत्रमा हस्तक्षेप गरेको आरोप लगाउँदै उपप्रमुख शेहरले नगरपालिकाको मूल गेटमा तालाबन्दी गरेकी हुन् ।
शेहरले नगर सभाबाट बजेट बाँडफाँड भएर योजना कार्यान्वयनको क्रममा प्रमुखले हस्तक्षेप गरिरहेको आरोप लगाएकी छिन् । उक्त हस्तक्षेपका कारण बाध्य भएर आफूले तालाबन्दी गर्नुपरेको उनको भनाइ छ ।
उनले न्यायिक समिति सञ्चालन गर्न समस्या उत्पन्न भईरहेको समेत बताएकी छिन् । यता नगर प्रमुख किशोरी प्रसाद कलवारले भने उपप्रमुख शेहरले लगाएको सम्पूर्ण आरोप गलत रहेको बताएका छन् । उनले सबै आरोप असत्य रहेको र आफूले कुनै कार्यादेश रोक्न आदेश नदिएको बताएका छन् ।