आदर्श कोतवालमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते

सिमराः बाराको आदर्श कोतवाल गाउँपालिका ८ कोतवालीमा बिहीवार राती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य चार जना घाइते भएका छन् ।
भारतीय नम्बर प्लेटको दुई मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा बारागढी गाउँपालिका २ सुखीपथराका शिवदयाल साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक बलराम श्रेष्ठले जानकारी दिएका छन् ।
दुर्घटनामा घाइते भएका चार जनामध्ये तीन जनाको एलएस न्यूरो अस्पताल र एक जनाको कलैयामा उपचार भईरहेको छ ।