पर्सा प्रहरीद्वारा लागूऔषध चरेशसहित एक जना पक्राउ


eShilalekh

२ फाल्गुन २०८१, शुक्रबार १७:३४

सिमराः पर्सा प्रहरीले लागूऔषध चरेशसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही विष्णु गाउँपालिका वडा नम्बर ४ मधुवनगोठका ४५ वर्षीय सुधिर कर्ण रहेका छन् ।

विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट इनर्वा गाउँबाट खटिएको प्रहरी टोलीले सवारीसाधन जाँच गर्ने क्रममा कर्णले बोकेको रातो रंगको डिब्बामाथि खाने घ्यू राखेर प्लाष्टिकको सानो पोकामा लुकाई छिपाई राखेको अवस्थामा ११ किलो लागूऔषध फेला परेको प्रहरी नायब उपरीक्षक सुवास भट्टले जानकारी दिए ।

पक्राउ परेकालाई पर्सा प्रहरीको हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्