श्रीमतीको हत्या गरेको अभियोगमा एकजना पक्राउ


eShilalekh

२ फाल्गुन २०८१, शुक्रबार १७:५१

सप्तरीः सप्तरी प्रहरीले श्रीमतीको हत्या गरेको अभियोगमा बिहिबार एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शम्भुनाथ नगरपालिका २ का सन्तोष साह रहेका छन् । कर्तव्य ज्यान मुद्दामा साहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार ०७६ जेष्ठ २६ गते सन्तोष र गायत्री साहको विवाह भएको थियो । सन्तोषले ०७६ चैत ६ गते राति श्रीमती गायत्रीलाई कुटपिट गरी शम्भुनाथ नगरपालिका २ स्थित ट्राफिक चौकमा फालेका थिए ।

फालेको भोलीपल्ट गायत्रीलाई आफन्तले उद्धार गरी उपचारका लागि यूनिक अस्पताल पुर्याउँदा उपारको क्रममा सोही दिन उनको मृत्यु भएको थियो ।

उक्त घटना पश्चात सन्तोष फरार भएका थिए । खोजतलासको क्रममा कानून बमोजिम पक्राउ पूर्जी दिई उनलाई पक्राउ गरेको र थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्