अमलेखगञ्जमा बसले मोटरसाइकलाई ठक्कर दियो, चालकको मृत्यु


eShilalekh

४ फाल्गुन २०८१, आईतवार २०:५९

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका २२ स्थित अमलेखगञ्जमा आइतबार राती भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना घाइते भएका छन् ।

पथलैयाबाट हेटौंडातर्फ जाँदै गरेको बसले अमलेखगञ्जको होटल क्विकट्वेन्टी अगाडिको सडकमा प्र.०२–०३–०१३प ३२३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृतक र घाइतेको पहिचान खुल्न सकेको छैन । जीतपुरसिमरा २१ का वडाध्यक्ष सुवास श्रेष्ठले दुर्घटनालगत्तै प्रहरी र स्थानीयको सहयोगमा मृतक र घाइतेलाई उद्धार गरेर हेटौडा अस्पताल पठाइएको बताए ।

मोटरसाइकललाई ठक्कर दिई फरार भएको बसलाई भने प्रहरीले रातोमाटेबाट नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्