सिंहले सम्हाले बहुदरमाईमा प्रमुख प्रशासकीय अधिकृतको कार्यभार

सिमराः पर्साको बहुदरमाई नगरपालिकाको विवाद सुल्झिएसंगै नयाँ प्रमुख प्रशासकीय अधिकृतले सोमबारदेखि कार्यभार सम्हालेका छन् ।
नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा रामविनय कुमार सिंहले कार्यभार सम्हालेका हुन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महम्मद शेरे मुस्तुफाको सरुवा गरेपछि उनको ठाउँमा सिंहले कार्यभार सम्हालेका हुन् ।
नगरापालिकामा मेयर सिंगासन साह तेली, उपमेयर शुष्मा कुशवाहा तथा वडाअध्यक्षहरु एवंम कार्यपालिका सदस्यहरुले टिका माला लगाएर प्रमुख प्रशासकीय अधिकृत सिंहलाई स्वागत गरेका थिए ।