प्रेस सेन्टर नेपाल मधेस प्रदेशको अध्यक्षमा नीरज पिठाकोटे चयन


eShilalekh

११ फाल्गुन २०८१, आईतवार १३:२७

सिमराः प्रेस सेन्टर नेपाल मधेस प्रदेशको पाँचौ अधिवेशन महोत्तरीको बर्दीवासमा सम्पन्न भएको छ । सम्मेलनले पर्साका नीरज पिठाकोटे मगरको अध्यक्षतामा २१ सदस्यीय मधेस प्रदेश कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्ष पदमा सप्तरीका गोपाल गुप्ता, उपाध्यक्षमा धनुषाका रामएकबाल महरा, महासचिवमा सिराहाका जिवछ यादव, सचिवमा बाराका रमेश साह, सचिवमा रौतहटका ओमकिशोर चौधरी, सचिवमा पर्साका रंजित पाण्डे, सप्तरीका दीपेन्द्र यादव, कोषाध्यक्षमा महोत्तरीका निरन्जन साह र सदस्यमा विष्णु गुप्ता, इशारा लामा, रामनारायण ठाकुर, अनुभक्त चौधरी, भरत सोनार (सरार्फ), सब्दर हुसैन, महेन्द्र मण्डल, प्रतिभा झा, सन्तोषकुमार लामा, सुमन लामा, उमेश घलान, मुकेशकुमार महतो, महेन्द्र सहनी चयन भएका छन् । महिला उपाध्यक्षसहित केही रिक्त पद आगामी बैठकमा पूर्ति गरिने नवनिर्वाचित अध्यक्ष मगरले जानकारी दिए ।

अधिवेशनको अधिवेशनको उद्घाटन समारोहमा नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् मधेस प्रदेशका इन्चार्ज मातृका यादव, प्रेस सेन्टर नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष कमल गिरी, उपाध्यक्ष एवम् मधेस प्रदेश इन्चार्ज गोविन्द देवकोटा, माओवादी केन्द्रका केन्द्रीय सदस्य भरत प्रसाद साह, महोत्तरी इन्चार्ज राजु खड्का, केन्द्रीय सदस्य प्रकाश पोखरेल, नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने, प्रदेश अध्यक्ष श्याम बञ्जारा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रदेश महासचिव तथा संगठनका केन्द्रीय सचिव शैलेन्द्र महतो क्रान्ति, महासंघका केन्द्रीय सदस्य तथा संगठनका सचिव राजु विश्वकर्मा, केन्द्रीय सल्लाहकार देवराम यादव, प्रदेश पदाधिकारी तथा जिल्लाका अध्यक्षहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्