अमेरिकाको टेक्सासमा नारी दिवस विशेष कार्यक्रम सम्पन्न


रामप्रसाद अधिकारी

१२ फाल्गुन २०८१, सोमबार १४:३२

अमेरिकाः गैर आवासीय संघ नेपाल, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसिसि) अमेरिकाको आयोजनामा ११७औं नारी दिवस विशेष कार्यक्रम युलेशमा सम्पन्न भएको छ ।

युलेश सिटी काउन्सिलका उपमेयर टीका पौडेलको विशेष उपस्थितीमा आयोजित कार्यक्रममा एनआरएन आईसिसिएसए आरसी बेद बस्नेत, एनआरएनए एनसिसिका उपाध्यक्ष नेत्र पाण्डे, भानु खरेल, कोषाध्यक्ष सरोज सिग्देल, नेपाली समाज टेक्सासका उपाध्यक्ष बलराम पौडेल, महिला संयोशक शान्ताकुमारी गिरी, सदस्य राधा पौडेल अधिकारी, तामाङ सोसाइटी टेक्सासका अध्यक्ष कुमार तामाङ, एनआरएनए एनसिसि टेड एण्ड टुरिजमका चेयरम्यान सविन्द्र थापा, स्रष्टा साहित्य साँझका अध्यक्ष प्रभात दिक्षित, लायन्य क्लबका प्रतिनिधिलगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा नेपालबाट अमेरिका आएर विभिन्न पेशामा रहेर काम गर्दै आएका व्यक्ति आफ्नो संघर्ष र सफलताका विषयमा बोलेका थिए । कार्यक्रममा यमुना भट्टराई, सिर्जना शर्मा पोखरेल, अनु श्रेष्ठ, अनु तमाङले सघर्ष र सफलताको बारेमा बोलेका थिए भने सिर्जना शर्मा पोखरेलले कानूनी विषयमा चर्चा गरेकी थिईन् ।

टेक्सास च्याप्टरका अध्यक्ष दीपेन्द्र गुरागाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण अनु तामाङले गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्