फोनिज मधेस प्रदेशद्धारा चार पत्रकार पुरस्कृत


eShilalekh

१८ फाल्गुन २०८१, आईतवार १४:५२

सिमराः नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मधेस प्रदेशले कमिटीले चार जना पत्रकारलाई पुरस्कृत गरेको छ । कोल्हबीमा आयोजित पाचौं साधारणसभाका अवसरमा फोनिले देवनारायण गनिया स्मृति पत्रकारिता पुरस्कारबाट दुई जना र क्रियटिभ क्रियाशील पत्रकारिता पुरस्कारबाट दुई जनालाई पुरस्कृत गरेको हो ।

देवनारायण गनिया समृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनेमा बाराका सत्यप्रसाद श्रेष्ठ र सर्लाहीकी रिना आले रहेकी छिन् । यसैगरी क्रियटिभ क्रियाशील पत्रकारिता पुरस्कारबाट धनुषाकी लक्ष्मी चौधरी र सप्तरीका डम्बर राई पुरस्कृत भएका हुन् ।

मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले चार जना पत्रकारलाई जनही १० हजार राशी र प्रशंसापत्रसहित पुरस्कृत गरेका थिए । पुरस्कृत भएकामध्ये बाराका श्रेष्ठले १० हजार नगद राशी फोनिजको बारा शाखालाई प्रदान गरेका छन् ।

फोनिज बाराका अध्यक्ष दुष्यन्त चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरी, त्रिलोकी चौधरी, मञ्जु थापामगर, फोनिजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष लक्की चौधरीलगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्