फोनिज मधेस प्रदेशको अध्यक्षमा चौधरीलाई निरन्तरता


eShilalekh

१८ फाल्गुन २०८१, आईतवार १५:००

सिमराः नेपाल अदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मधेस प्रदेशको अध्यक्षमा दुष्यन्त चौधरी चयन भएका छन् । फोनिजको कोल्हबीमा सम्पन्न पाचौं साधारणसभाले चौधरीलाई अध्यक्षमा निरन्तरता दिँदै १९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा अनिता चौधरी, प्रिया सिंह थारु, महासचिवमा बृजमान तामाङ, सचिवमा नविन चौधरी, पुनम चौधरी, कोषाध्यक्ष ज्योति लामा तामाङ चयन भएका छन् । यसैगरी सदस्यमा बुधन चौधरी, जितेन्द्र चौधरी, शम्भु चौधरी, मनोज थापामगर, उदय पाख्रीन र शम्भु महतोलाई चयन गरिएको छ ।

यसअघि अधिवेशनको उद्घाटन मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्