अढाई किलो अफिमसहित एक जना पक्राउ

सिमराः प्रहरीले पथलैयाबाट आइतबार अढाई किलो अफिमसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ गजुरी ४ का २६ वर्षीय राजन चेपाङ रहेका छन् ।
धादिङबाट प्र.०३–०३–००१प ५२७३ नम्बरको मोटरसाइकल चलाएर वीरगन्ज जादै गरेका चेपाङले बोकेको झोलाबाट प्रहरीले दुई किलो पाँच सय ग्राम अफिम बरामद गरेको हो । पथलैयास्थित प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक अमृत मैनालीको नेतृत्वमा रहेको प्रहरी टोलीले जाँच गर्दा अफिम बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता विजयराज पण्डितले जानकारी दिएका छन् ।
पक्राउ परेका चेपाङलाई नियन्त्रणमा लिई लागूऔषध मुद्धामा कारवाही प्रक्रिया अघि बढाइएको पण्डितले जनाएका छन् ।