पर्साको कालिकामाईस्थित विद्यालयमा बेहोस भएका विद्यार्थीको पोखरिया अस्पतालमा उपचार हुँदै

सुष्मा शर्मा
वीरगन्जः पर्साको कालिकामाई गाउँपालिका ४ कटिबलुवास्थित विद्यालयमा अध्ययनरत २० जना भन्दा बढी छात्राहरु अचानक बेहोस भएका छन् । नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरु पढिरहेका कक्षाकोठामै बेहोस भएका हुन् ।
बेहोस भएका विद्यार्थीको अहिले पोखरिया अस्पतालमा उपचार भईरहेको छ । कक्षामा पढाई भईरहेका बेला छात्राहरु अचानक बेहोस हुन थालेपछि स्थिती तनावपूर्ण बनेको थियो ।
अस्पताल ल्याइएका छात्राहरुको अवस्था सामान्य छ । उनिहरुलाई चिकित्सकको निगरानीमा राखेर उपचार गरिदैछ । अस्पतालमा उनिहरुका अभिभावक समेत पुगेका छन् । छात्राहरु बेहोस भएपछि विद्यालय बन्द गरिएको छ ।