सिमराबाट १७० ग्राम ब्राउन सुगरसहित तीन भारतीय नागरिक पक्राउ

सिमराः सिमराबाट प्रहरीले १७० ग्राम ब्राउन सुगरसहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ । सूचनाको आधारमा प्रहरी टोलीले जीतपुरसिमरा १ सिमरास्थित राज होटलको १०६ नम्बर कोठाबाट भारतीय नागरिकलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत विहार राज्यका ३० वर्षीय रञ्जनकुमार सिंह, ३५ वर्षीय गौतम कुशवाहा र ४० वर्षीय संजिवकुमार राम रहेका छन् । उनिहरुको साथबाट एक सय ७० ग्राम लागूऔषध बरामद भएको बाराका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिएका छन् ।
लागूऔषध नियन्त्रण व्यूरो वीरगन्ज र ईलाका प्रहरी कार्यालय सिमराको संयुक्त टोलीले उनिहरुलाई कोठाबाट पक्राउ गरेको थियो । पक्राउ परेका उनिहरुलाई जिल्ला प्रहरी कार्यालय बाराको नियन्त्रणमा राखिएको छ ।
प्रहरी प्रवक्ता पण्डितले उनिहरुमाथि अनुसन्धान सुरु गरिएको बताएका छन् । पक्राउ परेका तीन जनालाई म्याद थपका लागि मंगलबार बारा जिल्ला अदालत लगिने प्रवक्ता पण्डितले जानकारी दिए ।