पूर्व अर्थमन्त्री महतले गरे नेपाल इण्डो टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन


eShilalekh

२२ फाल्गुन २०८१, बिहीबार १७:१८

सिमराः नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले विहीबार प्रसौनीमा नेपाल–इण्डो टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन गरेका छन् । प्रसौनीस्थित चटिया बाबा खेल मैदानमा आयोजना गर्न लागिएको प्रतियोगिताको नेता महतले उद्घाटन गरेका हुन् ।

प्रतियोगिताको उद्घाटन गर्दै नेता महतले क्रिकेट खेलले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल भएको बताउँदै क्रिकेटको विकासमा ध्यान दिन आवश्यक रहेको बताए । कार्यक्रममा संविधान सभाका सदस्य लालबाबु सिंह, प्रसौनी गाउँपालिकाका अध्यक्ष विनोद जैसवाल, नेपाली कांग्रेसका क्षेत्रीय सभापति सुनिल गुप्तालगायतको उपस्थिती रहेको थियो ।

इलेभेन स्टार क्रिकेट क्लबको आयोजनामा सुरु भएको प्रतियोगिता फागुन २७ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा नेपाल र भारतका आठ टिमको सहभागिता रहेको छ ।

प्रतियोगितालाई राष्ट्रिय वाणिज्य बैंकले मुख्य प्रायोजन र त्रिदेव एग्रो एण्ड कोल्ड स्टोर सहप्रायोजन गरेको छ । प्रसौनी गाउँपालिका प्रतियोगिताको सहयोगीको रुपमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्