मानव अधिकार एलाइन्स केन्द्रीय कमिटीमा बाराका तीन जना निर्वाचित


eShilalekh

२२ फाल्गुन २०८१, बिहीबार १७:४८

सिमराः मानव अधिकार तथा सामाजिक न्याय मञ्च (मानव अधिकार एलाइन्स) को केन्द्रीय कमिटीमा बाराका तीन जना निर्वाचित भएका छन् । काठमाडौंमा विहीबार सम्पन्न छैठौं महाधिवेशनले बाराका दुई जनालाई केन्द्रीय सदस्य र एक जनालाई लेखा समिति सदस्यमा सर्वसम्मत् चयन गरेको हो ।

कोशीका विदुर सुवेदीको नेतृत्वमा चयन भएको ६५ सदस्यीय केन्द्रीय कमिटीको सदस्यमा बाराका कृष्णबहादुर लामा र बृजमोहन कुशवाहा रहेका छन् । लामा मधेस र कुशवाहा तराई मधेस भूगोलबाट केन्द्रीय सदस्य चयन भएका हुन् । अधिवेशनले लामालाई मधेसको इन्चार्ज समेत तोकेको छ । लामा यसअघि एलाइन्सको केन्द्रीय सदस्य थिए ।

यसैगरी कास्कीका रामचन्द्र पौडेलको नेतृत्वमा चयन भएको लेखा समितिको सदस्यमा कुमार त्रिपाठी चयन भएका छन् । त्रिपाठी यसअघि मधेस प्रदेश कमिटी सदस्य थिए ।

प्रतिक्रिया दिनुहोस्