यसरी निभाईयो पर्सा राष्ट्रिय निकुञ्जको डढेलो (तस्वीरहरु)


eShilalekh

२२ फाल्गुन २०८१, बिहीबार २१:११

सिमराः पर्सा राष्ट्रिय निकुञ्जको वन क्षेत्रमा विहीबार लागेको आगो जीतपुरसिमरा उमहानगरपलिकाको वारुणयन्त्र, नगर प्रहरी, नेपाली सेना, नेपाल प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको छ ।

त्रिभूवन राजपथ अन्तर्गत पथलैया–अमलेखगञ्ज सडकखण्ड अन्तर्गत निकुञ्जको जंगलमा आगो लागेको थियो । आगो निभाउन उपमहानगरपालिकाको वारुणयन्त्रको टोलीसहित नगर प्रहरी पुगेका थिए भने निकुञ्जको सेना र अमलेखगञ्जबाट प्रहरी पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्