पर्सा प्रहरीद्वारा चरेससहित तिन जना पक्राउ


eShilalekh

२६ फाल्गुन २०८१, सोमबार १६:०२

सिमराः पर्सा प्रहरीले लागूऔषध चरेससहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा कलैया उपमहानगरपालिका २ का २३ वर्षीय लडु राम, पर्सा बिन्दवासिनी गाउँपालिका ३ का ३५ वर्षीय सरोज साह र वीरगन्ज महानगरपालिका ११ का २३ वर्षीय रवि चौधरी रहेका छन् ।

प्रहरी चौकी भिष्वाडाँडाबाट खटिएको टोलीले कोठा भाडामा लिएर बसेका तीनै जनालाई वीरगन्ज महानगरपालिका १५ ब्रहमचोकबाट पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले बताए । प्रहरीले उनीहरूको कोठाबाट ६ किलो ५९० ग्राम चरेस बरामद गरेको छ ।

पक्राउ परेकालाई लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिमको कसुरमा हिरासतमा राखेर अनुसन्धान थालिएको पर्सा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्