जीतपुरसिमरा उपमहानगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत प्रसाईंलाई स्वागत


eShilalekh

२६ फाल्गुन २०८१, सोमबार १८:१८

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतका रुपमा सोमबार सहसचिब शान्तिराज प्रसाईं हाजिर भएका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, उपप्रमुख भोलाप्रसाद अधिकारी सहितका जनप्रतिनिधीहरुले सहसचिब प्रसाईंलाई स्वागत गरेका छन् ।

गत पौष ३ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रसाई सहित प्रशासन सेवाका १९ जना उपसचिवको बढुवा सिफारिस गरेको थियो । नवनियुक्त सहसचिबहरुको पदस्थापनाका सम्बन्धमा फागुन २४ गतेको मन्त्रीपरिषद बैठकले गरेको निर्णय अनुसार प्रसाईको जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा पदस्थापना भएको हो ।

प्रसाई यस अघि जिल्ला समन्वय समिति नुवाकोटको जिल्ला समन्वय अधिकारीका रुपमा कार्यरत थिए । उनि जिल्ला समन्वय समिती काभ्रेको जिल्ला समन्वय अधिकारीका रुपमा समेत काम गरिसकेका छन् । त्यस्तै प्रसाईले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा समेत काम गरेका छन् ।

स्वागत कार्यक्रममा जीतपुरसिमरा १ का वडाध्यक्ष हिराबहादुर गुरुङ, वडा नम्बर ५ का वडाध्यक्ष दिपेन्द्र चौधरी, वडा नम्बर ७ का वडाध्यक्ष सुनील गुप्ता लगायतका जनप्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्