जीतपुरसिमरा उपमहानगरपालिकाद्वारा मंगलबार सार्वजनिक विदा दिने निर्णय


eShilalekh

२६ फाल्गुन २०८१, सोमबार १८:४२

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाले मंगलबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

नवौं स्थापना दिवसको अवसरमा उपमहानगरपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको उपमहानगरका अधिकृत पूर्णप्रसाद तिवारीले सोमबार एक सूचना प्रकाशन गर्दै जानकारी दिएका छन् ।

उपमहानगर भित्र रहेका मातहतका कार्यालय तथा शैक्षिक संस्थामा विदा दिने निर्णय गरेको सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्