जनकपुरमा एक युवकको शव झुन्डिएको अवस्थामा फेला


eShilalekh

२८ फाल्गुन २०८१, बुधबार १४:०२

जनकपुरः जनकपुरमा एक युवकको शव बुधबार बिहान झुन्डिएको अवस्थामा फेला परेको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं १९ पुलचोस्थित आँपको बगैचामा अन्दाजी २५ वर्षीय युवकको शव झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । स्थानीयले शव झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृतकको पहिचान खुल्न नसकेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी धनुषाका प्रवक्ता प्रहरी नायव प्रहरी उपरीक्षक बरुण सिंहले जानकारी दिए ।

शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्