रिंकु मृत्यु प्रकरणः १० जना पक्राउ

सिरहाः रिंकुकुमारी सदायको मृत्यु प्रकरणमा पक्राउ पर्नेको संख्या १० पुगेको छ ।
प्रहरी फागुन १३ गते सिरहाको नवराजपुर गाउँपालिका १ भगवतीपुर गाउँका ८४ वर्षीय चन्द्रेश्वर मण्डल, ४५ वर्षीय रामविनोद मण्डल र ४५ वर्षीय कमलेशकुमार दासलाई पक्राउ गरेको थियो ।
उनीहरू पक्राउ परेको एक सातापछि घटनाका मुख्य अभियुक्त रुपेश मण्डललाई जिल्ला प्रहरी कार्यालय सिरहाको टोलीले पक्राउ गरेको थियो । भारतीय प्रहरीको सहयोगमा उनलाई भारतबाट पक्राउ गरेर सिरहा ल्याइएको थियो । त्यसपछि थप ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए ।
उनीहरूसँगै पक्राउ पर्नेमा वडा सदस्य नथुनी साह, रामकृपाल साह, विन्देश्वर साह, राजेन्द्र मण्डल, रामदेव सदाय र करिया मुसहरलाई पक्राउ गरिएको एसपी पण्डितले बताए ।
आफूमाथि सामूहिक बलात्कार भएको बयान दिएकी रिंकु माघ ३० गते आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।