पेट्रोलियम पदार्थको मूल्य घट्यो

सिमराः नेपाल आयल निगमले पट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ ।
पेट्रोलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर पाँच रुपैयाँ, डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर चार रुपैयाँले घटेको हो ।
पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६० रूपैयाँ ५० पैसा पर्नेछ । डिजेल–मट्टीतेलको प्रतिलिटर एक सय ४८ रूपैयाँ ५० पैसा पर्नेछ ।
दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६२ रूपैयाँ तथा डिजेल–मट्टीतेलको प्रतिलिटर एक सय ५० रूपैयाँ पर्नेछ ।
यस्तै तेस्रो वर्गअन्तर्गत पर्ने काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६३ रूपैयाँ तथा डिजेल–मट्टीतेलको प्रतिलिटर एक सय ५१ रूपैयाँ पर्नेछ ।
