मदन भण्डारी स्पोर्ट एकेडेमी बाराको दोस्रो जिल्ला अधिवेशन सम्पन्न, श्रेष्ठको अध्यक्षतामा कमिटी गठन

सिमराः मदन भण्डारी स्पोर्टस् एकेडेमी बाराको दोस्रो जिल्ला अधिवेशन सखुवाघाटमा सम्पन्न भएको छ । अधिवेशनले नवराज श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।
अधिवेशनले सचिवमा प्रकाश चौलागाई, सहसचिवमा राजकिशोर चौधरी, कोषाध्यक्षमा उषा घिमिरे चयन भएका छन् । यसैगरी अधिवेशनले सदस्यमा रेणुका राई, अनिश महतो, सलिना श्रेष्ठ, दिपक थापा मगर, जितेन्द्र चौधरी र दिलिप चौधरीलाई चयन गरेको छ ।
अधिवेशनको उद्घाटन नेकपा एमालेका मधेस प्रदेश कमिटी सचिव मनोज पौडेलले गरेका थिए । पौडेलले एकेडेमीका सम्पूर्ण सदस्यले समाजमा देखिएको विकृति विसंगतिका विरुद्धमा लाग्नुपर्ने कुरामा जोड दिए ।

कार्यक्रममा मदन भण्डारी स्पोर्टस् एकेडेमी मधेस प्रदेशका अध्यक्ष रविन्द्रराज भण्डारी, जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ का अध्यक्ष हरिदेव खरेल, एमाले जितपुरसिमरा उपमहानगरपालिका कमिटीका उपसचिव त्रिलोक विक्रम ठकुरी, नगर कमिटी सदस्य नारायण घिमिरे, नेपाल खेलकुद महासङ्घका नगर अध्यक्ष सोमलाल बमजनलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
स्पोर्ट एकेडेमीका केन्द्रीय सदस्य तथा बारा जिल्ला इन्चार्ज सम्झना राईको अध्यक्षतामा सम्पन्न अधिवेशनको सहजीकरण उषा सापकोटाले गरेकी थिईन् ।