बारा प्रहरीद्वारा चोरीको घटनामा संलग्न एक जना पक्राउ


eShilalekh

६ चैत्र २०८१, बुधबार ११:५३

सिमराः बारा प्रहरीले चोरी भएको घटनामा संलग्न एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका ९ बाँसबरीया टोल बस्ने २१ वर्षीय अनुरुध साह रहेका छन् ।

जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिका ५ घुसुकपुरस्थित अविनाश यादवको डेराकोठाबाट नगद र एलईडी टिभी चोरी भएको जानकारी प्राप्त भएपछि बारा प्रहरीले अनुसन्धान गर्दै जाँदा साहलाई पक्राउ गर्न सफल भएको हो ।

साहलाई चैत ३ गते दिउँसो सिम्रौनगढबाट पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ । प्रहरीले साहको साथबाट चोरी भएको दुई लाख ३० हजार रुपैयाँ नगद र अभियान कम्पनीको एलईडी टिभी १ थान बरामद गरेको छ ।

पक्राउ परेका साहमाथि चोरी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत बाराबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्