गौरीशंकर क्याम्पसको स्ववियु अध्यक्षमा एमाले निकट अनेरास्ववियुका हुमागाईं निर्वाचित


eShilalekh

७ चैत्र २०८१, बिहीबार १४:०१

सिमराः निजगढ नगरपालिकास्थित गौरीशंकर क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियुका बालकृष्ण हुमागाईं निर्वाचित भएका छन् ।

नेपाली कांग्रेस निकट नेविसंघका दावा लामा बोम्जनलाई तीन मतले पछि पार्दै हुमागाईं विजयी भएका हुन् । हुमागाईँले एक सय ३५ मत प्राप्त गर्दा बोम्जनले एक सय ३२ मत प्राप्त गरेका थिए ।

सचिव पदमा भने नेविसंघकी प्रवना लामा विजयी भएकी हुन् । उनले एक सय २४ मत ल्याउँदा अनेरास्ववियुकी प्रेक्षा उप्रेतीले एक सय १७ मत प्राप्त गरेकी थिइन् । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका विशाल तिमल्सिनाले ८१ मत प्राप्त गरेका थिए ।

कोषाध्यक्ष पदमा नेविसंघकै कुँवरले एक सय ३७ मतसहित जित हासिल गरेका छन् । कोषाध्यक्ष पदमा अनेरास्ववियुकी ललिता सापकोटाले एक सय मत प्राप्त गरिन् भने क्रान्तिकारीकी स्मृति उप्रेतीले ७० मत प्राप्त गरेकी थिईन् ।

कुल तीन सय ६८ मतदाता रहेको निर्वाचनमा तीन सय ३३ जनाले मतदान गरेका थिए । बारामै पहिलो पटक गौरीशंकर क्याम्पसमा स्ववियु निर्वाचन भएको हो ।

प्रतिक्रिया दिनुहोस्