सामाजिक विकासतर्फ कलैया उपमहानगरपालिका देशकै उत्कृष्ट

सिमराः नेपाल नगरपालिका संघको स्थापना दिवसको अवसरमा कलैया उपमहानगरपालिका सम्मानित भएको छ । ३२औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमकाबीच संघले सामाजिक विकासतर्फ कलैयालाई सम्मान गरेको हो ।
काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले कलैयाका नगर प्रमुख विनोद साह, उपप्रमुख रौशन परवीन र प्रमुख प्रशासकीय अधिकृत नाथु साहलाई सम्मान गरेका थिए ।
आर्थिक वर्ष २०८०।८१ मा सामाजिक विकासतर्फ ८० अंक प्राप्त गर्दै कलैया उत्कृष्ट भएको हो । स्वास्थ्य, शिक्षा र कृषीमा कलैयाले उल्लेख्य काम गरेको कार्यसम्पादनबाट देखिएको छ ।