वडाध्यक्ष गुप्तालाई झुठो मुद्धा लगाएर हिरासतमा राख्ने काम भईरहेको छः एमाले नगर कमिटी


eShilalekh

७ चैत्र २०८१, बिहीबार २०:२६

सिमराः नेकपा (एमाले) जीतपुरसिमरा उपमहानगरपालिका नगर कमिटीले वडा नं. ७ का वडाध्यक्ष सुनिल गुप्तालाई अन्यायपूर्वक हिरासतमा राख्ने काम भईरहेको भन्दै तत्काल रिहा गर्न माग गरेको छ ।

नगर कमिटीले विहीबार प्रेस वक्तव्य जारी गर्दै वडाध्यक्ष गुप्तालाई बेप्रशंगको झुठो मुद्धा लगाएर चार दिनदेखि अनावश्यक र अन्यायपूर्वक रुपमा थुन्ने काम भईरहेको भन्दै रिहा गर्न माग गरेको हो । केही राजनीतिक दलका नेताको पूर्वाग्रहका कारण गुप्तामाथि डाँका, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रव जस्ता झुठो मुद्धामा लगाइएको एमाले नगर कमिटीका सचिव रत्नप्रसाद उप्रेतरीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

जीतपुरमा फागुन १ गते होलीको दिन भएको झगडामा वडाध्यक्ष गुप्ताको कुनै संलग्नता नरहेको र जनप्रतिनिधिका हिसाबले झगडा साम्य पार्न पुगेको एमालेको भनाई छ । जनप्रतिनिधिका रुपमा झगडा साम्य बनाउन पुगेका गुप्तालाई सोही विषयमा छलफल गर्न भन्दै बोलाएर थुनिएको घटनाप्रति दुःख व्यक्त गर्दै एमाले नगर कमिटीले उक्त घटनाको सत्यतथ्य छानविन गर्न माग गरेको छ ।

हेर्नुस् विज्ञप्तिः

प्रतिक्रिया दिनुहोस्