बारामा एसईई परिक्षा केन्द्रबाट सात थान स्मार्ट घडी बरामद


eShilalekh

८ चैत्र २०८१, शुक्रबार १२:५७

सिमराः कलैया उपमहानगरपालिका ६ स्थित ज्ञानदीप इङलिस बोर्डिङ स्कुल परिक्षा केन्द्रबाट शुक्रबार सात थान स्मार्ट घडी बरामद भएको छ ।

जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईको नेतृत्वमा खटिएको टोलिले स्मार्ट घडी बरामद गरेको हो । एसईई परिक्षालाई मर्यादित बनाउन निरन्तर अनुगमन गरिएको उनले बताए ।

परीक्षामा चिट चोर्ने प्रयोजनका लागि स्मार्ट घडी प्रयोग गरिएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक बिजयराज पण्डितले बताएका छन् ।

बिहिवारदेखि सुरु भएको एसईई परिक्षाको दोस्रो दिन शुक्रबार नेपाली विषयको परिक्षा संचालन भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्