बारामा एसईईको परीक्षार्थीलाई चिट चोर्न सहयोग गर्ने दुई निरीक्षक पक्राउ

सिमराः बारामा एसईई परीक्षामा परीक्षार्थीलाई चिट चोर्न सहयोग गर्ने दुई निरीक्षक पक्राउ परेका छन् ।
बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको पन्ना देवी कन्या उच्च माध्यमिक विद्यालयमा मोबाइलबाट परीक्षार्थीलाई चिट चोर्न सहयोग गर्ने दुई निरीक्षक पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा निरीक्षक रन्जु कुमारी र सोरख यादव रहेको जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले जानकारी दिएका छन् ।
भट्टराईको नेतृत्वमा खटिएको टोलिले दुर्गा नमुना माध्यमिक विद्यालयका बिद्यार्थी करिश्मा कुमारी र निरीक्षक सौरब यादवको साथबाट दुईवटा मोबाइल बरामद गरेको छ ।
करिश्माको मोबाइलबाट प्रश्नपत्र आउट गरि सबै प्रश्नको उत्तर पठाउने गरेको पाईएको सहायक प्रजिअ भट्टराईले बताएका छन् ।
उक्त दुबै निरीक्षकलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय बारामा पठाइएको छ ।