बारामा राष्ट्रिय परिचयपत्र वितरण वैशाख २ गतेसम्मका लागि स्थगित


eShilalekh

१३ चैत्र २०८१, बुधबार १२:५८

सिमराः जिल्ला प्रशासन कार्यालय बाराले राष्ट्रिय परिचयपत्र वितरण कार्य केहि समयका लागि स्थगित गरेको छ ।

सेवाग्राहीहरुको अत्याधिक भिड्भाडका कारण कठिनाइ भएपछि वैशाख २ गतेसम्मका लागि परिचयपत्र वितरण कार्य स्थगित गरिएको सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले जनाएका छन् ।

जिल्ला प्रशासन कार्यालय बाराले मङ्गलवार जारी गरेको प्रेस विज्ञप्तिमा वैशाख दुई गतेसम्मका लागि परिचयपत्र वितरण कार्य स्थगित गरिएको व्यहोरा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्