बारामा परीक्षाको मर्यादा विपरीत काम गर्ने निरीक्षकलाई जिम्मेवारीबाट हटाइयो


eShilalekh

१४ चैत्र २०८१, बिहीबार १२:४४

सिमराः कलैया उपमहानगरपालिका ६ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय मर्दशा कलैया परीक्षा केन्द्रका एक निरीक्षकलाई जिम्मेवारीबाट हटाईएको छ ।

परीक्षाको मर्यादा विपरीत कार्य गर्ने निरीक्षक बबी चौधरीलाई जिम्मेवारीबाट हटाईएको जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भटृराईले जानकारी दिए । उक्त परीक्षा केन्द्रका केन्द्राध्यक्ष मनोजकुमार साहलाई समेत सचेत गराईएको उनले बताए ।

बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीको अध्यक्षतामा बुधबार बसेको एसइई परीक्षा समन्वय समितिको बैठकले निरीक्षक चौधरीलाई जिम्मेवारीबाट हटाउन निर्देशन दिइएको हो ।

प्रतिक्रिया दिनुहोस्