आठ किलो लागूऔषध अफिमसहित दुई जना पक्राउ


eShilalekh

१५ चैत्र २०८१, शुक्रबार २१:१३

सिमराः सशस्त्र प्रहरीले पथलैयाबाट आठ किलो लागूऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ । राजमार्गमा सवारी जाँचका क्रममा प्रहरीले बा.प्र–०१–०२९च ५४१४ नम्बरको कारबाट उनिहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका १२ का ४४ वर्षीय मिलन भ्लोन र ४७ वर्षीय गोपालप्रसाद गौतम रहेका छन् । उनिहरुको साथबाट आठ किलो दुई सय ५२ ग्राम अफिम बरामद भएको बाराका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिएका छन् ।

सशस्त्र प्रहरी बल राजश्व इकाई कार्यालय पथलैयाको प्रहरी टोलीले हेटौंडाबाट वीरगन्जतर्फ जाँदै गरेको कार रोकेर जाँच गर्ने क्रममा लागूऔषध अफिम बरामद गरेको हो । सशस्त्र प्रहरीले पक्राउ परेका दुबै जनालाई अफिमसहित नेपाल प्रहरीको जिम्मा लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्