आफ्नै छोरीमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा बाबु पक्राउ


eShilalekh

२६ चैत्र २०८१, मंगलवार ०१:१६

वीरगन्जः आफ्नै छोरीमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा पर्सा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिको पहिचान गोप्य राखिएको छ ।

ति व्यक्तिले आफ्नो जिमेलको गुगल ड्राइभमा अश्लिल भिडियो सामग्री राखेको सूचना पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । साइबल टिपलाईन रिपोर्टका आधारमा अनुसन्धान गर्दै जाँदा प्रहरीले वीरगन्ज छपकैयाका ति पुरुषलाई पक्राउ गरेको हो ।

उनले आफ्नै छोरीमाथि यौन दुर्व्यवहार गरेको भिडियो समेत आफ्नो गुगल ड्राइभमा सेभ गरेर राखेका थिए । उक्त गुगल ड्राइभमा बाल यौन दुर्व्यवहार सम्बन्धी भिडियो रहेको सूचना पाएपछि प्रहरी जिमेल आईडी र मोबाइल नम्बरका आधारमा अनुसन्धान गर्दै जाँदा ति व्यक्ति पक्राउ परेका हुन् ।

पक्राउ परेका व्यक्तिको मोबाइलमा रहेको गुगल ड्राइभमा अश्लिल भिडियो सामग्री समेत फेला पारेको पर्साका प्रहरी प्रवक्ता किशोर लम्सालले जानकारी दिए ।

पक्राउ परेका व्यक्तिलाई करणी सम्बन्धी र विद्युतिय ईलेक्ट्रोनिक्स तथा कारोवार ऐन २०६३ सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको लम्सालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्