बारा प्रहरीद्वारा लागूऔषध अफिमसहित एक जना पक्राउ

सिमराः बारा प्रहरीले ठूलो परिमाणमा लागूऔषध अफिमसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका ६ गम्हरियाका सरोज प्रसाद साह रहेका छन् ।
ईलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी वरिष्ठ नायब निरीक्षक टेकबहादुर कार्कीको नेतृत्वमा खटिएको प्रहरी टोलीले हेटौंडाबाट वीरगन्जतर्फ आउँदै गरेको प्र.२–०३–००९ प ३८७८ नम्बरको मोटरसाईकललाई जाँच गर्दा सिटमुनी लुकाई छिपाई राखेको अवस्थामा दुई किलो ९९ ग्राम अफिम बरामद भएको बारा प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
पक्राउ परेका साहलाई बरामद अफिम र मोटरसाइकसहित नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।