जीतपुरसिमरा उपमहानगरपालिकाले कक्षा ८ को परिक्षाफल आज सार्वजनिक गर्ने


eShilalekh

२७ चैत्र २०८१, बुधबार १४:४६

सिमरा: जीतपुरसिमरा उपमहानगरपालिकाले आभारभूत तह कक्षा ८ को परिक्षाफल आज (बुधबार) सार्वजनिक गर्ने तयारी गरेको छ । उपमहानगरपालिकाको शिक्षा शाखा प्रमुख शिवजी प्रसादका अनुसार अपरान्ह ४ बजे परिक्षाफल प्रकाशित हुनेछ ।

चैत्र ६ देखि १३ गतेसम्म संचालन भएको परिक्षाको नतिजा इन्टरनेटको माध्यमबाट जीतपुरसिमरा उमपहानगरपालिकाको वेभसाइटमा हेर्न सकिनेछ । नतिजा हेर्नका लागि जीतपुरसिमरा उपमहानगरपालिकाको वेबसाईट https://jeetpursimaramun.gov.np मा गई विद्युतिय सेवामा click गरी कक्षा ८ को अन्तिम नतिजा २०८१ मा click गरी वा https://jeetpursimara.digitaltechnosoft.com.np/welcome/onlineresult मा गई class 8 final result मा click गरी विद्यार्थीको सिम्बल नं. र जन्म मिति राखि नतिजा हेर्न सकिनेछ

साथै QR Code स्क्यान गरी प्राप्त हुने लिंक मार्फत समेत हेर्न सकिने उपमहानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्