कलैयामा झुन्डिएको अवस्थामा एक महिलाको शव फेला

कलैयाः कलैयामा आफ्नै घरमा झुन्डिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।
कलैया उपमहानगरपालिका १ की अन्दाजी ३० वर्षीया मुनिता रामको शव आफ्नै घरमा पासो लगाएको अवस्थामा फेला परेको बारा प्रहरीले जनाएको छ ।
मृतकलाई झुन्डिएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सूचना पाएलगत्तै प्रहरीको टोलीले घटनास्थलमा पुगेर मृतक रामको उद्धार गरेको थियो । बारा प्रहरीका अनुसार शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाईएको छ ।
मृतक रामका तीनवटा छोराहरू रहेका छन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।