बारा प्रहरीद्वारा लागूऔषध खैरो ब्राउन सुगरसहित दुई जना भारतीय नागरिक पक्राउ


eShilalekh

२८ चैत्र २०८१, बिहीबार १३:३६

सिमराः बारा प्रहरीले लागूऔषध खैरो ब्राउन सुगरसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको पूर्वी चम्पारणस्थित शिवनगर इनर्वा पंचायत २ का ट्याक्टर चालक ३० वर्षीय टुटु कुमार र ३२ वर्षीय टुटु अंसारी रहेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कलैयाबाट खटिएको प्रहरी टोलीले फेटा गाँउपालिका ३ चौतारास्थित घोडासाहनबाट फेटातर्फ आउँदै गरेको ना ३ त ४७१४ नम्बरको ट्याक्टरलाई रोकेर जाँच गर्दा ट्याङ्कीभित्र प्लास्टिकमा लुकाई छिपाई राखेको अवस्थामा लागूऔषध खैरो ब्राउन सुगर बरामद भएको हो ।

बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक विजयराज पण्डितका अनुसार उक्त ट्याक्टरबाट १५८ ग्राम ९१० मिलिग्राम खैरो ब्राउन सुगर फेला परेको हो ।

पक्राउ परेका उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्