एमाले जीतपुरसिमरा नगर कमिटीको दोस्रो अधिवेशन सुरु

सिमरा: नेकपा एमाले जीतपुरसिमरा नगर कमिटीको दोस्रो अधिवेशन सिमरामा सुरु भएको छ ।
अधिवेशनको एमाले पोलिटव्युरो सदस्य एवम् पूर्वमन्त्री पुरुषोत्तम पौडेल र एमाले पोलिटव्युरो सदस्य एवम् बारा इन्चार्ज ज्वालाकुमारी साहले उद्घाटन गरेका छन् ।
अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनमा २४ वटै वडा र विभिन्न क्लस्टरबाट करिब तीन सय ५० जना प्रतिनिधि सहभागी हुनेछन् ।