बाराको दुईस्थानमा चट्याङले आगलागी हुँदा लाखौंको क्षति


eShilalekh

२८ चैत्र २०८१, बिहीबार १४:२१

सिमराः बाराको दुईस्थानमा बिहिवार बिहान परेको चट्याङले आगलागी हुँदा लाखौंको क्षति भएको छ । बाराको बारागढी र करैयामाई गाउँपालिकामा चट्याङ परि आगलागी भएको हो ।

बारा प्रहरीका अनुसार विहान ३ बजे बारागढी ४ सुखीपथराका हरिन्द्रप्रसाद कामिको कुखुरा फर्ममा चट्याङ लागेर आगलागी हुँदा २० लाख रुपैयाँ बराबरको क्षती भएको छ ।

कामिको बाँस, पराल र टिनले बनेको कुखुरा फर्ममा चट्याङ परी आगलागि हुँदा दुई हजार कुखुरा, कुखुराको दाना र कुखुरा फर्म गरी २० लाख बराबरको धनमाल नष्ट भएको हो ।

यता करैयामाई ८ नरहीका अभिनाश कुशवाहाको कृषि मिटरको लागि बनाईएको फुसको घर र कृषि मिटरमा चट्याङ लागि आगलागि भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट मिटर घर र मिटर पूर्णरुपमा जलेर नष्ट भएको छ ।

प्रतिक्रिया दिनुहोस्