सर्लाहीमा ट्रकले किचेर दिदिको मृत्यु, बहिनी घाइते

सिमराः सर्लाहीको हरिपूर्वा नगरपालिका–९ मिर्चैयामा शुक्रबार बिहान ट्रकले किचेर साइकल चलाईरहेकी एक युवतीको मृत्यु भएको छ । दुर्घटनामा अर्की एक युवती घाईते भएकी छिन् ।
श्रीनगरबाट धनकौलतर्फ जाँदै गरेको ना५ख ३८५८ नम्बरको ट्रकले किचेर ईश्वरपुर नगरपालिका–१३ श्रीनगरकी १७ वर्षीया छोरी अन्जलीकुमारी महतोको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा उनकी १५ वर्षीया बहिनी पूजा घाइते भएकी छिन् । पूजा साइकलको पछाडी बसेकी थिईन् ।
मृतक अञ्जलीको शव शल्यपरीक्षणका लागि प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । ट्रक र चालकलाई ईलाका प्रहरी कार्यालय केशरगन्जको नियन्त्रणमा राखिएको छ ।