ओम बिनायक ट्राभल्सको नयाँ सुविधा सम्पन्न बस संचालनमा


eShilalekh

२९ चैत्र २०८१, शुक्रबार १४:५४

सिमराः ओम बिनायक ट्राभल्सले शुक्रबार थप दुई वटा नयाँ बस संचालनमा ल्याएको छ । बिगत ५० बर्षदेखि बस व्यवसाय संचालन गर्दै आएको ओम बिनायक ट्राभल्सले आधुनिक सुबिधा सम्पन्न थप दुई वटा बस संचालनमा ल्याएको हो ।

कलैया वीरगन्ज हुदै काठमाडौ र वीरगन्ज नारायणघाट रुटमा बस संचालन गर्दै आएको ओम बिनायकले टाटा कम्पनीको एलपिओ १५१५/५५ बिएस ४ ब्राण्डको आधुनिक सुबिधा सम्पन्न बस संचालनमा ल्याएको ओम बिनायक ट्राभल्सका संचालक अच्युत पौडेलले जानकारी दिए ।

वीरगन्ज बहुअरी स्थित सिप्रदी प्रा.लि.मा एक कार्यक्रमको बिच ५० वटा बैलुन उडाएर बसको शुभारम्भ गरिएको थियो ।

बारा क्षेत्र नम्बर १ का सांसद एवं एमालेका पोलिटव्युरो सदस्य अच्युत मैनाली, पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, बाराका सहायक प्रमुख जिल्ला अधिकारी छबिरमण भट्टराई, ट्राफिक कार्यालय मधेश प्रदेश पथलैयाका ट्राफिक प्रहरी उपरिक्षक भिमकिरण बोगटी, पर्साका एसपी गौतम मिश्र, नायारायण्ी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठ लगायत उपस्थित अतिथीले बैलुन उडाएर बसको शुभारम्भ गरेका थिए ।

यात्रा आरामदायी र सुखद बनाउने उद्देश्यले बस संचालनमा ल्याइएको पौडेलले जानकारी दिए । प्रेस चौतारी नेपाल मधेश प्रदेशका ईन्चार्ज समेत रहेका पौडेलले वातावरणमैत्री र आरामदायी बस संचालनमा ल्याएको दाबी गरे ।

३५ सिट क्षमता भएको सो बसमा २ बाई २ मोटराईज सिट, युएसवी चार्जर, सिट बेल्ट, रिडिगं लाईट, कप होल्डर, आमरेष्ट, प्लेन जस्तै समान राख्ने डिकि, सेन्ट्रलाईज एसी, एलईडी लगायतको सुबिधा बसमा जडान गरिएको पौडेलले बताए ।

पौडेलले समाजिक उतरदायित्व अन्तर्गत बिभिन्न समाजिक कार्यमा पनि सहयोग गर्दै आएका छन । यसबर्र्ष लागेको पञ्चबर्षिय गढीमाई मेलाको लागि पनि दर्शनार्थीहरुकोलागि बिहान निशुल्क बस सेवा संचालन गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा, सिप्रदीका सहायक महाप्रबन्धक कृष्णा चन्द लगायतकाले धारणा राखेका थिए ।

कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, बाराका सहयाक प्रमुख जिल्ला अधिकारी छबिरमण भट्टराई, पर्साका एसपी गौतम मिश्र, नेपाल पत्रकार महासंघका केन्द्रिय लेखा संयोजक केसी लामिछाने, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, बारा अध्यक्ष रमेश सुवेदी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण बाराका संचारकर्मी प्रदिप गौतमले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्