वीरगन्जमा कर्फ्यूको अवधि थपियो, आइतबार राति १२ बजेसम्म रहने


eShilalekh

१ बैशाख २०८२, आईतवार १२:४९

सिमराः जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यू आदेश चैत ३१ गते राति १२ बजेसम्मका लागि थप गरेको छ ।

शनिबार साँझदेखि लगाइएको कर्फ्यू आईतबार राति १२ बजेसम्मका लागि बढाइएको हो ।

दुई समुदायबीच झडप भएपछि शनिबार साँझ ७ः३० बजेदेखि आइतबार दिउँसो १२ बजेसम्म कर्फ्यू लगाइएको थियो । स्थिति अझै सामान्य नबनेको निष्कर्षसहित प्रशासनले कर्फ्यू जारी राख्ने निर्णय गरेको हो ।

पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कर्फ्यू लगाइएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए ।

विश्व हिन्दू परिषद् नेपाल, वीरगञ्ज महानगर समितिले आयोजना गरेको शोभायात्रा शनिबार अपराह्न करिब ४ः५० बजे वीरगञ्ज महानगरपालिका–२ श्रीराम हलस्थित जामा मस्जिद अगाडि पुग्दा दुई समूहबीच झडप भएको थियो ।

प्रतिक्रिया दिनुहोस्