नेकपा एमाले परवानीपुर गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न, यादवको अध्यक्षतामा कमिटी चयन


eShilalekh

२ बैशाख २०८२, सोमबार १३:५०

सिमराः नेकपा एमाले परवानीपुर गाउँपालिका कमिटीको प्रथम गाउँपालिका अधिवेशन आईतबार सम्पन्न भएको छ । अधिवेशनले राम यादवको अध्यक्षतामा ५१ सदस्यीय कमिटी चयन गरेको छ ।

कमिटीको उपाध्यक्षमा दिपेश कुशवाहा, सचिवमा सिताराम गुप्ता, उपसचिवमा सल्मोदिन आलम र उमाशंकर महतो चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्