एमाले जीतपुरसिमरा उपमहानगरपालिको अधिवेशनमा मतदान सम्पन्न, परिणाम केहिबेरमा

सिमराः नेकपा एमाले जीतपुरसिमरा उपमहानगरपालिको मङ्गलबार बिहानबाट शुरु भएको अधिवेशनमा मतदान सकिएको छ ।
प्रमुख निर्वाचन अधिकृत दिवाकर भण्डारीका अनुसार कुल तिन सय ४८ मतदाता रहेकोमा तिन सय २६ मत खसेको छ ।अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव खुल्ला तथा उपसचिव महिला गरी पाँचवटा पदका लागि मात्र मतदान भएकाले मतगणनामा समय नलाग्ने प्रमुख निर्वाचन अधिकृत भण्डारीले बताए ।
अध्यक्ष पदका उम्मेदवार त्रिलोक विक्रम शाह र ताराबहादुर बस्नेत प्यानल बनाएर निर्वाचनमा सहभागि भएका थिए ।

त्रिलोक विक्रम शाहको प्यानलबाट उपाध्यक्षमा कैमुद्दिन अंसारी, सचिवमा रविन्द्रराज भण्डारी, उपसचिवमा विष्णु सापकोटा र उपसचिव महिलामा अलौपीया चौधरी उम्मेदवार छन् ।
यसैगरी हिराबहादुर बस्नेतको प्यानलमा उपाध्यक्ष पदमा सुनील गुप्ता, सचिवमा रमेशकुमार पौडेल, उपसचिवमा इम्तियाज आलम र उपसचिव महिलामा समिता शर्मा उम्मेदवार छन् ।