मुख्यमन्त्री सिंहद्वारा सर्लाहीको ११ वटा स्वास्थ्य संस्था बन्द गर्न निर्देशन


eShilalekh

४ बैशाख २०८२, बिहीबार १४:५७

सर्लाहीः मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सर्लाहीको बरहथवामा सञ्चालनमा रहेका ११ वटा निजी अस्पतालहरू बन्द गर्न निर्देशन दिएका छन् ।

स्वास्थ्य संस्थाहरूमा सङ्कटमोचन हेल्थकेयर प्रालि, सञ्जीवनी हस्पिटल प्रालि, हैपीकेयर मेडिकल प्रालि, सर्लाही गोल्डेन हस्पिटल प्रालि, युनिट हस्पिटल प्रालि, भेनस हेल्थकेयर प्रालि, बरहथवा नवजीवन हस्पिटल प्रालि, हनुमन्त हस्पिटल प्रालि, भुवनेश्वर डेन्टल क्लिनिक, जय माँ हेल्थकेयर र बरहथवा पोलिक्लिनिक रहेका छन् ।

सेवा सञ्चालन अनुमति नलिएको, मापदण्डअनुसारका भौतिक संरचना नभएको, जनशक्ति, उपकरण र औषधिको व्यवस्था नभएका अस्पतालहरू अवैध रुपमा सञ्चालनमा रहेको भन्दै मुख्यमन्त्री सिंहले कारबाही प्रक्रिया अघि बढाएका हुन् ।

प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुरले बन्द गराइएका संस्थाहरूलाई कानूनी प्रक्रिया पूरा गरी मापदण्ड अनुसारको सेवा सुविधा मिलाएपछि मात्र पुनः सञ्चालन अनुमति दिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्