परवानीपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


eShilalekh

९ बैशाख २०८२, मंगलवार १५:२८

सिमराः परवानीपुरमा मंगलबार दिउँसो ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा परवानीपुरका प्रदीप गुप्ता रहेका छन् ।

प्रहरीका अनुसार ना ६ ख ७६०९ नम्बरको ट्रकले मधेस प्रदेश २–०३–०२१ प ६३०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालकको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकललाई ठक्कर दिने ट्रक परवानीपुर प्रहरी चौकीमा राखिएको छ ।

प्रहरीका अनुसार उक्त दुर्घटनामा मधेस प्रदेशको ०३–००१ द ००५१ नम्बरको ट्रयाक्टरलाई समेत ट्रकले ठक्कर दिएको थियो ।

मृतकको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्