धनुषामा विष सेवनबाट तीन बालबालिकाको मृत्यु, आमाको अवस्था गम्भीर


eShilalekh

९ बैशाख २०८२, मंगलवार १७:२२

धनुषाः धनुषामा विष सेवनबाट तीन बालबालिकाको मृत्यु भएको छ ।

धनुषाको शहीदनगर नगरपालिका ५ यदुकोहामा एकै परिवारका चार जनाले विष सेवन गर्दा तीन बालबालिकाको मृत्यु भएको छ भने आमाको अवस्था गम्भीर छ ।

मृत्यु हुनेमा ६ वर्षीय आदित्य साह, ४ वर्षीय आकृति साह र २ वर्षीय आरुसी साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक संजीव यादवले बताए ।

प्रहरी निरीक्षक यादवका अनुसार सुशील साहकी श्रीमती ३० वर्षीय पविता साह गम्भीर अवस्थामा छिन् । उनको उपचार प्रादेशिक अस्पतालको भेन्टिलेटरमा भइरहेको छ ।

प्रहरीका अनुसार सोमबार साँझ घरमै आमासहित सन्तानहरु विष सेवन गरेको अवस्थामा फेला परेका थिए । स्थानीयले तत्कालै उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाएका थिए । अस्पताल पुर्याउने क्रममा तीनैजनाको मृत्यु भएको हो ।

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्